Literature Movie News Gallery VisitNepal
काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेदेखि ४ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । यसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारी र ०.५ (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
महिला लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्द्यानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ र आव २०७८–७९ मा ३८५ रुपैयाँ पुग्ने अनुमान रहेको छ ।