१३ वर्षीय निर्मला पन्तको हत्याको अभियोगमा प्रहरीले निर्दोष व्यक्तिलाई दोषी देखाउन खोजेको आरोप लागिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रीहरूकै दबाबमा प्रहरीले निर्दोष व्यक्तिलाई समेत पक्राउ गर्ने गरेको खुलासा तत्कालीन प्रहरी अधिकारीले गरेका छन्।
पूर्वएआइजी देवेन्द्र सुवेदीले मङ्गलबार ट्विटरमा यस्तो खुलासा गरेका हुन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मङ्गलबार बिहान निर्मला प्रकरणमा सरकार र प्रहरीको आलोचना गर्दै एउटा ट्विट गरे, ’निर्मला प्रकरणमा यो दुई तिहाई सरकार र संसारमा ‘बहादुर’ कहलिएको सुरक्षा संयन्त्रको जग हँसाइ देख्दा देश हेर्दाहेर्दै असफल राज्य हुने खतरा पो देखियो! हामीसँग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो? केही लाज बाँकी भए बोलौँ!’

उनले सरकारको नेतृत्वमा रहँदा पूर्वप्रधानमन्त्री भट्टराईले नै निर्दोष व्यक्तिलाई फँसाउन निर्देशन दिएको आरोप लगाए।
सुवेदीले ट्विटमा भनेका छन्, ’अनामनगरको एउटा आत्महत्याको घटनामा प्रहरी अनुसन्धानकर्ताहरूको तथ्यपरक अनुसन्धानलाई ठाडै नकारेर तपाईँले जारी गरेको प्रधानमन्त्रीय दबाबमा एउटै परिवारका निर्दोष बाबुआमा र एसएलसी दिँदै गरेको किशोर छोरालाई प्रहरी अभियुक्तको रूपमा हनुमानढोकामा २५ दिन थुनिँदाको प्रसङ्ग के गर्ने नि?
नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी कुवेरसिंह रानाले सम्महालिरहेका थिए। घटनाको अनुसन्धानमा त्यतिखेर एसपी गणेश थापा, मीरा चौधरी लगायतको टिम खटिएको थियो। सुवेदी त्यतिबेला अनुसन्धान विभागमा थिए। प्रहरीको अनुसन्धानले यो घटना आत्महत्या भएको देखायो।
तर महिला अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानमा प्रश्न गर्दै आवाज उठाएका थिए। परिवारले शव बुझ्न अस्वीकार गरेको थियो। पोस्टमार्टममा झुण्डिएर मृत्यु भएको देखिए पनि परिवारले दोहोर्याएर पोस्टमार्टम गर्नुपर्ने बताएका थिए। दोस्रो पटक पोस्टमार्टम गर्दा पनि झुण्डिएर मृत्यु भएको नै रिपोर्ट आएका थिए।
त्यतिबेला प्रधानमन्त्री रहेका भट्टराईले आइजीलाई ठाडो निर्देशन दिएर एक एसएसलसी दिँदै गरेका किशोर र उनका बाबुआमालाई फसाएको पूर्वएआइजी सुवेदीले आरोप लगाए।
पहिलोपोस्टसँग कुरा गर्दै सुवेदीले भने, ’प्रहरीलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न नदिएका यस्ता धेरै उदाहरण छन्। अनामनगर त एउटा उदाहरण मात्र हो। प्रहरीलाई दबाब नदिई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिनुपर्छ।‘
उनले त्यतिखेर राजनीतिक दबाबमा निर्दोषलाई थुनामा राख्नुपर्दा एकदमै ग्लानी भएको सुनाए। ‘एसएलसी दिन लागेको सानो केटोलाई मैले बोलाएर सोधेको थिएँ। ऊ यसरी रोएको थियो कि अझै उसको रुवाइ मेरो कानमा गुञ्जन्छ।‘
‘व्यक्ति गलत हुनसक्ला, गलत व्यक्तिको आलोचना गर्नुपर्छ। तर सिङ्गो प्रहरी संगठनप्रति लाञ्छना लगाउनु उपयुक्त हुँदैन’, उनले भने।