![](https://s3-ap-southeast-1.amazonaws.com/deshsanchar/wp-content/uploads/2018/12/22130308/Bus-Accident-Spot-1.jpg)
दाङ – दाङमा शुक्रबार साँझ २३ जनाको ज्यान गरि भएको बस दुर्घटनास्थल घुमाउरो मोडमा छ । त्यहाँ यसअघि पनि दुर्घटना भएका छन् तर सडकमा कुनै ट्राफिक संकेत राखिएका छैनन् । भीरमा ठूला रुखहरु छैनन् । त्यहाँबाट तल हेर्दा खेतको फाँट देखिन्छ ।
‘ट्राफिक संकेत भएको भए पूर्व जानकारी हुने थियो र चालकले होसियारी अपनाउन सक्ने थिए,’ स्थानीय हरि ओलीले भने यो मोडमा तीनवटा दुर्घटना देखे । पहिलो मोटरसाइकल, त्यसपछि ट्याक्टर र अहिले बस ।’
शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो। तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिकैको सडकबाट बस ८ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्किएका शिक्षक तथा विद्यार्थी सवार बा४ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो।
![](https://s3-ap-southeast-1.amazonaws.com/deshsanchar/wp-content/uploads/2018/12/22130328/Bus-Accident-Spot-13-1024x576.jpg)
![](https://s3-ap-southeast-1.amazonaws.com/deshsanchar/wp-content/uploads/2018/12/22130326/Bus-Accident-Spot-12-1024x576.jpg)