Search This Blog

Friday, December 25, 2020

प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड

प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएकाे आईपीओ बाँडफाँड भएको हो ।


कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना याेग्य आबेदनबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल १० लाख ५१ हजार ११६ जना मध्ये २ हजार १६९ आबेदनबाट प्राप्त भएको ४७ हजार ७२० कित्ता शेयर आबेदन रद्द भएको छ ।


माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १०

कित्ताका दरले शेयर बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता शेयर पाएका छन् ।

बाँकी रहेका ५ लाख ९ हजार ४७ जना अर्थात कुल आवेदक मध्ये ४८.६२ प्रतिशतले शेयर पाएनन् । 

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओको रिजल्ट केहि बेरमा मेरो लगानीमा हेर्न सकिनेछ ।