Search This Blog

Tuesday, February 2, 2021

लगानीकर्ताले पढ्नैपर्ने ५ उत्कृष्ट पुस्तक : जहाँबाट मिल्छ रहस्यमय ज्ञान


Literature Movie News Gallery VisitNepal
काठमाडौं : आफ्नो जीवनकालमा जतिसक्दो छिटो लगानी गर्नु अति महत्वपूर्ण पक्ष हो । विशेषगरी युवाहरुले जतिसक्दो चाँडै लगानी गरेर सफल बन्न प्रयास गरिरहेका हुन्छ । यसैगरी, वयष्क तथा पेशाकर्मीहरुका लागि चाँडै अतिरिक्त आम्दानीका लागि कुनै क्षेत्रमा लगानी गर्नु निकै आवश्यक विषय हो । जस्तो सेयर बजारकै कुरा गरौं न, छिटो लगानी गरी दीर्घकालीन समयसम्म होल्ड गर्दा यसबाट कोहीले पनि उच्च प्रतिफल प्राप्त गर्न सक्दछ । केही वर्ष छिटो मात्र लगानी सुरु गर्न सके पनि लाखौं नभए पनि दसौं हजार रुपैयाँ अतिरिक्त प्रतिफल आफ्नो अवकाष कोषमा जम्मा गर्न सकिन्छ ।
 
तर, चाँडै लगानी गर्नु जति महत्वपूर्ण छ, बुद्धिमानीपूर्वक लगानी गर्नु त्यो भन्दा झन् महत्वपूर्ण विषय हो । सही ज्ञान भएन भने छिटो लगानी सुरु गर्नु पनि बालुवामा पानी खन्याए बराबर हुन जान्छ । यसो भए, सही लगानी गर्ने कसरी ? यसको उत्तर सामान्य छ : अध्ययन । उचित लगानीका लागि सफल लगानीकर्ताका पुस्तकहरु अध्ययन गर्न अति नै महत्वपूर्ण हुन्छ । तसर्थ, यसपटक हामी युवा लगानीकर्तालाई व्यावसायिक तथा वित्तीय मार्गनिर्देशन गर्न सिकाउने ५ उत्कृष्ट पुस्तकहरुको बारेमा सामान्य चर्चा गर्दैछौं । 
 
‘रिच ड्याड पोर ड्याड’ (१९९७०) : रोबर्ट कियोसाकी
 
युवा लगानीकताले पढ्नैपर्ने एक बहुचर्चित पुस्तक हो ‘रिच ड्याड पोर ड्याड’ । यस पुस्तकमा गरिब र मध्यमवर्गीयले पैसाका लागि मात्रै काम गर्ने तर धनीले सिक्नका लागि काम गर्ने धारणा लेखक रोबर्ट कियोसाकीले व्यक्त गरेका छन् । कर्पोरेट अमेरिकाको मुसा दौड त्याग्नका लागि वित्तीय साक्षारता र वित्तीय स्वायत्तताको महत्वलाई अन्तिम लक्ष्य बनाउनुपर्नेमा लेखकले जोड दिएका छन् । लेखा (एकाउन्टिङ) सिक्न महत्वपूर्ण भए पनि यो भ्रामक हुनसक्नेतर्फ पनि लेखकले इंगित गरेका छन् ।
 
 
उदाहरणका लागि बैंकले घरलाई व्यक्तिको सम्पत्तिको रुपमा मान्दछ । तर उक्त घरलाई टिकाई राख्न भुक्तानी आवश्यक भएकाले नगद प्रवाहका आधारमा यो दायित्वमा परिणत हुन जान्छ । तर वास्तविक सम्पत्तिले तपाईको वालेटमा नगद प्रवाह गर्नेछ । धेरैले घर बनाउँदा बैंकबाट ऋण लिएर बनाएका हुन्छन् भन्ने सन्दर्भमा यो विषयलाई केन्द्रित गरिएको हो । कियोसाकीले नगद प्रवाहका लागि उत्पादन गर्दै सम्पतिमा उच्च प्रतिफल प्रदान गर्ने लगानीको वकालत गरेका छन् ।
 
घरजग्गा लगानी र लाभांश प्रदान गर्ने सेयरलाई यस्तो लगानीको अनुकूल मानिएको छ । मानिसलाई जीवनभर कडा परिश्रम गराउन सिकाउने किसिमले अमेरिकी शिक्षा प्रणाली विकास गरिएको छ भन्ने उनको भनाई छ । विद्यालयले प्रशस्त सम्पति कमाई भविष्यमा दुःखको काम गर्न आवश्यक नपर्ने किसिमले शिक्षा दिन नसकेको उनको धारणा छ । कियोसाकीले कर योजनाको महत्वलाई पनि आफ्नो पुस्तकमा दर्शाएका छन् । आम लगानीकर्ताले यस पुस्तकबाट लगानी तथा सम्पति जोड्ने विषयमा धेरै कुराहरु सिक्ने अपेक्षा गर्न सकिन्छ । 
 
‘द एसे अफ वारेन बफेट : लेसन फर कर्पोरेट अमेरिका ९१९९७०’, वारेन बफेट
 
आधुनिक इतिहासको सर्वाधिक सफल लगानीकर्ताका रुपमा चिनिएका बफेटले आफ्ना निबन्धहरुमा कर्पोरेट अमेरिका र सेयरहोल्डरहरुसँग सम्बन्धित विविध विषयहरुमा आफ्नो धारणा राखेका छन् । यस पुस्तकबाट युवा लगानीकर्ताले कम्पनीको व्यवस्थापन र यसका सेयरहोल्डरहरु बीचको सम्बन्धको झलक प्राप्त गर्न सक्दछन् । साथै, कम्पनीको व्यावसायिक मूल्य र महत्वलाई बढाउन चाहिने विचार प्रक्रियालाई पनि समावेश गरेका छन् । पुस्तकमा बफेटले कर्पोरेट गभर्नेन्स, वित्त, लगानी, साधारण सेयरका विकल्प, मर्जर तथा एक्विजिसनका बारेमा चर्चा गरेका छन् ।
 
 
यसैगरी, लेखा तथा मूल्यांकन, लेखा नीति र करका विषयहरु पनि समावेश गरेका छन् । बफेटले यसमा आफ्नो व्यावसायको आधारभूत सिद्धान्तहरुलाई प्रस्तुत गरेका छन् । बर्कशायर हाथवेको प्रबन्धकका हैसियतले आफ्ना सेयरधनीहरुलाई आपसी स्वार्थ जोडिने विषयमा पनि जानकारी गराएका छन् ।
 
उनले दक्ष व्यवस्थापकलाई पोर्टफोलियो कम्पनीहरुमा ल्याउने र उनीहरुलाई काम गर्न स्वतन्त्र छाडिदिने गरेका छन् । वास्तविक मूल्य भन्दा कम भाउ भएको बेलामा सेयर खरिद गर्नुपर्छ । तर सधैं अल्पकालीन ट्रेन्डको पछि लाग्न नहुनेमा बफेटले वकालत गरेका छन् । भ्यालू इन्भेष्टिङमा उनले जोड दिएका हुन् । दीर्घकालीन लगानीका बारेमा पनि उनले वकालत गरेका छन् । 
 
‘बिटिङ द स्ट्रिट’ ९१९९३० : पिटर लिन्च
 
पिटर लिन्च अघिल्लो शताब्दीका एक सर्वाधिक सफल लगानीकर्ता हु । हेज फन्ड पनि व्यवस्थापक हुन् । सन् १९६० को मध्यतिर फिडेलिटी इन्भेस्टमेन्ट्समा प्रशिक्षार्थीका रुपमा उनले काम सुरु गरेका थिए । यसको ११ वर्षपछि झण्डै १ करोड ८० लाख डलर सम्पति भएको मेगालान फन्डको व्यवस्थापनको समेत उनले जिम्मेवारी पाए । सन् १९९० सम्म आइपुग्दा मेगालान फन्डको सम्पति बढेर झण्डै १४ अर्ब डलर पुगेको थियो । हाल उक्त फन्डले वार्षिक औसत २९.२ प्रतिशतका दरले प्रतिफल दिइरहेको छ ।
 
 
‘बिटिङ द स्ट्रिट’ ले लिन्चको दिमाग नियाल्न र सेयर किनबेचका लागि सही समयको निर्णय गर्न पाठकलाई अवसर दिएको छ । बजारबाट व्यक्तिगत लगानीकर्ताले वाल स्ट्रिटको भन्दा बढी लाभ उठाउन सक्ने विश्वास राख्दै आफूले जानेको क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहित गरेका छन् । यस पुस्तकले पनि उचित लगानी विधिलाई नै मार्गदर्शन गरेको बुझ्न सकिन्छ । 
 
‘द इन्टेलिजेन्ट इन्भेस्टर्स’ (१९४९) : बेन्जामिन ग्राहम
 
यो पुस्तक १९४९ मा प्रकाशन भएको हो । यो लगानीकर्ताले अत्याधिक रुचाएका पुस्तकमा पर्छ । विख्यात लगानीकर्ता वारेन बफेटले यसलाई हालसम्म लेखिएको मध्ये सम्भवतः सबैभन्दा उत्कृष्ट लगानी पुस्तक मानेका छन् । बेन्जामिन ग्राहमलाई भ्यालू इन्भेस्टिङका पिता मानिंदै आएको छ । जस अनुसार आफ्नो वास्तविक मूल्य भन्दा कम दाममा कारोबार भइरहेका सेयरहरु आधारभूत विश्लेषणको माध्यमबाट पहिचान गरी खरिद गर्नुपर्दछ भन्नेमा उनको जोड रहँदै आएको छ ।  
 
 
ग्राहमले आफ्नो पुस्तकमार्फत सेयर बजार इतिहासको जानकारी गराउँदै पाठकलाई आधारभूत विश्लेषण गर्न सुझाव दिएका छन् । सकारात्मक र रक्षात्मक दुवै विधिबाट आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने विभिन्न तरिकाको बारेमा पनि उनले पुस्तकमा छलफल गरेका छन् । संक्षेपमा भन्नुपर्दा, उचित समयमा उपयुक्त हिसाबले लगानी गर्न यस पुस्तकले सिकाएको छ । 
 
‘थिंक एन्ड ग्रो रिच’ (१९३७) : नेपोलियन हिल
 
‘थिंक एन्ड ग्रो रिच’ महामन्दीको समयमा लेखिएको पुस्तक हो । यो पुस्तक हालसम्म विश्वभर १० करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । हिलले आफ्नो जीवनकालमा धनी व्यक्तिहरुसँगको सहकार्यमा आधारित भएर बृहत् अनुसन्धान गरेका छन् । आन्द्रे कार्निजको सुझावमा हिलले आफ्नो अवलोकन, अनुसन्धानका आधारमा प्राप्त निष्कर्षहरु प्रस्तुत गरेका छन् । उनले सफल र व्यक्तिगत उपलब्धिका लागि १३ सिद्धान्त प्रकाशित गरेका छन् ।
 
 
यसमा इच्छा, आस्था, विशिष्टीकृत ज्ञान, संगठित योजना, दृढता र छैटौं ज्ञानेन्द्रियलाई समावेश गरिएको छ । हिल उस्तै विचार भएका मानिसहरुसँग मिलेर काम गर्ने कुरामा विश्वास गर्छन् । नकारात्मक समाचार र मनोरञ्जन सामाग्रीले मात्र प्रथमिकता पाइरहेको वर्तमान समयमा सफलताको मनोविज्ञानका लागि मूल्यवान अन्तरदृष्टि प्राप्त गर्न यो पुस्तक पढ्नैपर्ने मध्ये एक रहेको छ ।
 
एजेन्सी

महिला लघुवित्तले माघ २८ गतेदेखि ४ लाख कित्ता आइपीओ बिक्री गर्ने


Literature Movie News Gallery VisitNepal
काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेदेखि ४ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । यसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारी र ०.५ (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
 
महिला लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ ।  हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ । 
 
चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्द्यानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ र आव २०७८–७९ मा ३८५ रुपैयाँ पुग्ने अनुमान रहेको छ । 

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रबारदेखि


Literature Movie News Gallery VisitNepal

 काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।

उक्त सेयर निष्काशन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्काशन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर–एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहेनेछ ।

यस साधारण सेयर निष्काशन गर्न लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो ।

आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्य सहित २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ ।

साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजना मध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइनको कार्य ७० प्रतिशत सम्पन्न भईसकेको छ ।

उक्त कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण सेयर बाडँफाड भईसकेको छ । रु. २ अर्ब ५० करोड अधिकृत पूँजि रहेको उक्त कम्पनीको यस निष्काशन पश्चात् चुक्ता पुँजी रु. १ अर्ब ८० करोड रहनेछ ।

हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताहरुको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक सेयर आवेदकहरु धेरै हुने देखिएको छ । यसले गर्दा इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकीएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सकिनेछ ।

Friday, December 25, 2020

प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड

प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएकाे आईपीओ बाँडफाँड भएको हो ।


कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना याेग्य आबेदनबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल १० लाख ५१ हजार ११६ जना मध्ये २ हजार १६९ आबेदनबाट प्राप्त भएको ४७ हजार ७२० कित्ता शेयर आबेदन रद्द भएको छ ।


माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १०

कित्ताका दरले शेयर बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता शेयर पाएका छन् ।

बाँकी रहेका ५ लाख ९ हजार ४७ जना अर्थात कुल आवेदक मध्ये ४८.६२ प्रतिशतले शेयर पाएनन् । 

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओको रिजल्ट केहि बेरमा मेरो लगानीमा हेर्न सकिनेछ ।

Saturday, December 22, 2018

राम्रीमा २३ जनाको ज्यान गयो । (यी तस्बिरहरु)





दाङ – दाङमा शुक्रबार साँझ २३ जनाको ज्यान गरि भएको बस दुर्घटनास्थल घुमाउरो मोडमा छ । त्यहाँ यसअघि पनि दुर्घटना भएका छन् तर सडकमा कुनै ट्राफिक संकेत राखिएका छैनन् । भीरमा ठूला रुखहरु छैनन् । त्यहाँबाट तल हेर्दा खेतको फाँट देखिन्छ ।
‘ट्राफिक संकेत भएको भए पूर्व जानकारी हुने थियो र चालकले होसियारी अपनाउन सक्ने थिए,’ स्थानीय हरि ओलीले भने यो मोडमा तीनवटा दुर्घटना देखे । पहिलो मोटरसाइकल, त्यसपछि ट्याक्टर र अहिले बस ।’
शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो। तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिकैको सडकबाट बस ८ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्किएका शिक्षक तथा विद्यार्थी सवार बा४ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो।

Tuesday, December 11, 2018

पुर्व प्रधानमन्त्री बावुराम भट्टराईले निर्दोषलाई दोषी देखाउन लगाएको पुर्वएअाईजि सर्वेन्द्रद्वारा खुलासा ।



१३ वर्षीय निर्मला पन्तको हत्याको अभियोगमा प्रहरीले निर्दोष व्यक्तिलाई दोषी देखाउन खोजेको आरोप लागिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रीहरूकै दबाबमा प्रहरीले निर्दोष व्यक्तिलाई समेत पक्राउ गर्ने गरेको खुलासा तत्कालीन प्रहरी अधिकारीले गरेका छन्।

पूर्वएआइजी देवेन्द्र सुवेदीले मङ्गलबार ट्विटरमा यस्तो खुलासा गरेका हुन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मङ्गलबार बिहान निर्मला प्रकरणमा सरकार र प्रहरीको आलोचना गर्दै एउटा ट्विट गरे, ’निर्मला प्रकरणमा यो दुई तिहाई सरकार र संसारमा ‘बहादुर’ कहलिएको सुरक्षा संयन्त्रको जग हँसाइ देख्दा देश हेर्दाहेर्दै असफल राज्य हुने खतरा पो देखियो! हामीसँग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो? केही लाज बाँकी भए बोलौँ!’
निर्मला प्रकरणमा यो२/३सरकार र संसारमा ‘बहादुर’कहलिएको सुरक्षा संयन्त्रको जगहँसाइ देख्दा देश हेर्दाहेर्दै failed stateहुने खतरा पो देखियो!हामीसंग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो?केही लाज बाँकी भए बोलौं!

102 people are talking about this
प्रहरी अनुसन्धानको क्षमतामाथि नै प्रश्न गर्दै गरिएको यो ट्विटको जवाफ दिए पूर्व एआइजी सुवेदीले। 

उनले सरकारको नेतृत्वमा रहँदा पूर्वप्रधानमन्त्री भट्टराईले नै निर्दोष व्यक्तिलाई फँसाउन निर्देशन दिएको आरोप लगाए। 

सुवेदीले ट्विटमा भनेका छन्, ’अनामनगरको एउटा आत्महत्याको घटनामा प्रहरी अनुसन्धानकर्ताहरूको तथ्यपरक अनुसन्धानलाई ठाडै नकारेर तपाईँले जारी गरेको प्रधानमन्त्रीय दबाबमा एउटै परिवारका निर्दोष बाबुआमा र एसएलसी दिँदै गरेको किशोर छोरालाई प्रहरी अभियुक्तको रूपमा हनुमानढोकामा २५ दिन थुनिँदाको प्रसङ्ग के गर्ने नि?


निर्मला प्रकरणमा यो२/३सरकार र संसारमा ‘बहादुर’कहलिएको सुरक्षा संयन्त्रको जगहँसाइ देख्दा देश हेर्दाहेर्दै failed stateहुने खतरा पो देखियो!हामीसंग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो?केही लाज बाँकी भए बोलौं!
अनाम नगरको यौटा अात्म हत्या घटनामा प्रहरी अनुसँधानकर्ताहरुको तथ्यपरक अनुसँधानलाई ठाडै नकारेर तपाईँले जारी गरेको प्रधानमँत्रिय दबाबमा एउटै परिवारका निर्दोष बाबू अामा र SLC दिदैँ गरेको किशोर छोरा प्रहरी अभियुक्तको रुपमा हनुमानढोकामा २५ दिन थुनिदाँको प्रसँग के गर्ने नि ?

63 people are talking about this
घटना २०६९ सालको हो जतिबेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए। अनामनगरस्थित कृष्ण प्रसाईँको पाँच तले घरमा काम गर्ने ३१ वर्षीया सरस्वती सुवेदी दिउँसो घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन्।

नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी  कुवेरसिंह रानाले सम्महालिरहेका थिए। घटनाको अनुसन्धानमा त्यतिखेर एसपी गणेश थापा,  मीरा चौधरी लगायतको टिम खटिएको थियो। सुवेदी त्यतिबेला अनुसन्धान विभागमा थिए। प्रहरीको अनुसन्धानले यो घटना आत्महत्या भएको देखायो।

तर महिला अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानमा प्रश्न गर्दै आवाज उठाएका थिए। परिवारले शव बुझ्न अस्वीकार गरेको थियो। पोस्टमार्टममा झुण्डिएर मृत्यु भएको देखिए पनि परिवारले दोहोर्‍याएर पोस्टमार्टम गर्नुपर्ने बताएका थिए। दोस्रो पटक पोस्टमार्टम गर्दा पनि झुण्डिएर मृत्यु भएको नै रिपोर्ट आएका थिए। 

त्यतिबेला  प्रधानमन्त्री रहेका भट्टराईले आइजीलाई ठाडो निर्देशन दिएर एक एसएसलसी दिँदै गरेका किशोर र उनका बाबुआमालाई फसाएको पूर्वएआइजी सुवेदीले आरोप लगाए। 

पहिलोपोस्टसँग कुरा गर्दै सुवेदीले भने, ’प्रहरीलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न नदिएका यस्ता धेरै उदाहरण छन्। अनामनगर त एउटा उदाहरण मात्र हो। प्रहरीलाई दबाब नदिई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिनुपर्छ।‘

उनले त्यतिखेर राजनीतिक दबाबमा निर्दोषलाई थुनामा राख्नुपर्दा एकदमै ग्लानी भएको सुनाए। ‘एसएलसी दिन लागेको सानो केटोलाई मैले बोलाएर सोधेको थिएँ। ऊ यसरी रोएको थियो कि अझै उसको रुवाइ मेरो कानमा गुञ्जन्छ।‘

‘व्यक्ति गलत हुनसक्ला, गलत व्यक्तिको आलोचना गर्नुपर्छ। तर सिङ्गो प्रहरी संगठनप्रति लाञ्छना लगाउनु उपयुक्त हुँदैन’, उनले भने।